उपयोगी सूचना

उपयोगी सूचना

उपयोगी सूचना

सचेतना पुस्तिका/ पर्चा

श्रम परामर्श सम्बन्धी बुँदाहरू वर्णन

“श्रम परामर्श सम्बन्धी बुँदाहरू वर्णन” भनेको, कसैले रोजगारीमा लगाइरहेका परिश्रमीहरू, कसैलाई रोजगारी दिइरहेका रोजगारदाताहरू, महानगरवासी समस्तले जानी राखे बेस हुने श्रम करार, श्रम सर्तहरूसँग सरोकार राख्ने कानुनी प्रावधान या कानुनी आधारभूत ज्ञानहरू एकट्ठा पारिएको दस्तावेज हो।
तपाईंहरूको परिश्रम गर्दाको दैनिकीमा यसलाई सन्दर्भ सामाग्री स्वरूप हेरिदिनु भए धन्य हुने थियौँ।
तर, वास्तविक श्रमजन्य समस्याहरूका झमेला आइपर्दा भने, अर्को पक्षसँगको सम्बन्ध पनि रहने,
विभिन्न परिस्थितिहरू एकै ठाउँमा गुजुल्टो पर्ने भएकोले, चाहे जसरी सबै कुरा सजिलै अगाडि नबढ्न पनि सक्छ।
त्यस्ता अवस्थाहरूमा, परिस्थिति-विशेषको सरसल्लाह लिन चाहेमा, सत्यतथ्य लगायतका ठोस अवस्था सटीक रूपमा थाहा पाउनु पर्ने भएकोले, फोन वा कार्यालयमै आएर परामर्श सेवा लिनुहोस्।

श्रम परामर्श सम्बन्धी बुँदाहरू वर्णन

श्रमिक/ रोजगारदाता समस्तलाई उपयोगी हुने सचेतना पुस्तिका/ पर्चाहरू

“ज्याला भुक्तानी दिइएन”, “अचानक काम छोड्न भनियो”, “श्रम सर्त एकपक्षीय रूपमा परिवर्तन गरियो”, “कार्यस्थलमा हुने ह्यारस्मेन्ट प्रति केही गर्न पाए हुन्थ्यो” जस्ता कार्यस्थलमा आइपर्ने विभिन्न झमेला रोकथाम तथा समाधान निकाल्न सहायता गर्ने हेतु श्रम परामर्श केन्द्रले विभिन्न प्रकारका पुस्तिकाहरू प्रकाशित गर्दै आएको छ।
हरेक पुस्तिका डाउनलोड गर्न मिल्छ। अवश्यपनि उपयोग गर्नुहोला।

सचेतना पुस्तिका/ पर्चा

कार्यस्थलमा हुने ह्यारस्मेन्ट बारेमा

कार्यस्थलमा हुने ह्यारस्मेन्ट बारेमा

कार्यस्थलमा हुने ह्यारस्मेन्टका, “सेक्सुअल ह्यारस्मेन्ट”, “पावर ह्यारस्मेन्ट”, “गर्भवती/ सुत्केरी/ शिशु स्याहार बिदा/ स्याहार-सुसार बिदाहरू सम्बन्धी ह्यारस्मेन्ट” बारेमा कानुनमा तोकिएको छ।
“सेक्सुअल ह्यारस्मेन्ट” सम्बन्धमा, कार्यस्थलमा हुने यौनजन्य बोलीव्यवहार प्रति उक्त रोजगार श्रमिकले गरेको प्रतिकार्यको कारणले उसले उक्त श्रम सर्तमा बेफाइदा भोगेको वा उक्त यौनजन्य बोलीव्यवहारको कारणले श्रमिकको रोजगारी वातावरण बिग्रिएको अवस्था भनेर परिभाषित गरिएको छ। साथै, “पावर ह्यारस्मेन्ट” सम्बन्धमा, आफू श्रेष्ठ भएको आडमा गरेको बोलीव्यवहार, काममा आवश्यक पर्ने भन्दा हद नाघेको बोलीव्यवहार, जुनको कारणले श्रमिकको रोजगारी वातावरण बिगारेको छ, र यी 3 ओटा तत्त्व सबै मिलेकोलाई पावर ह्यारस्मेन्ट भनी परिभाषित गरिएको छ। पुनश्चः काममा आवश्यक पर्ने हद भित्र बसेर अर्हाएको उपयुक्त आदेश वा निर्देशन भने पावर ह्यारस्मेन्टमा पर्दैन।
अझै, “गर्भवती/ सुत्केरी/ शिशु स्याहार बिदा/ स्याहार-सुसार बिदाहरू सम्बन्धी ह्यारस्मेन्ट” बारेमा, “कार्यस्थल”मा हाकिम/ सहकर्मीको बोलीव्यवहार (गर्भवती भएको/ सुत्केरी भएको, शिशु स्याहार बिदाहरू उपयोग गरेको सम्बन्धमा गरिएको बोलीव्यवहार)द्वारा, गर्भवती/ सुत्केरी भएकी “महिला श्रमिक” या शिशु स्याहार बिदा आदिको निवेदन दिएको/ प्राप्त गरेको “महिला वा पुरुष श्रमिक”को रोजगारी वातावरण बिग्रिएकोलाई परिभाषित गरिएको छ र, गर्भवती या शिशु स्याहार बिदा प्रणाली उपयोग सम्बन्धमा र झन्झट दिएर दुःख दिने कार्य बीचमा केही न केही सम्बन्ध भए ह्यारस्मेन्ट हुने भनिएको छ।

ह्यारस्मेन्ट सम्बन्धी सचेतना पुस्तिका/ पर्चाहरू

उज्ज्वल कार्यस्थल सपोर्ट समूह (स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयको वेबसाइट)

कस्टमर ह्यारस्मेन्ट बारेमा

कस्टमर ह्यारस्मेन्ट भनेको, क्लाइन्ट या व्यापार साझेदारले उल्लेखनीय रूपमा हैरानी दिने कार्य (हातपात, धम्की, अपशब्द प्रयोग, उल्लेखनीय रूपको अनुचित माग राख्ने आदि)द्वारा, उक्त रोजगारी दिएको श्रमिकको रोजगारी वातावरण बिग्रिएको अवस्था भनी कल्पना गरिएको छ।
स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयको “पावर ह्यारस्मेन्ट कार्यनीति”मा, “उद्यमीले, व्यापार साझेदारहरू जस्ता अन्य उद्यमीले रोजगारी दिएको श्रमिक वा अन्य उद्यमीबाट पावर ह्यारस्मेन्ट या क्लाइन्ट आदिबाट उल्लेखनीय रूपमा हैरानी खेप्नु परेमा, उक्त रोजगारी दिएको श्रमिकको रोजगारी वातावरण नबिग्रिने गरी, परामर्श प्रणालीको व्यवस्था गर्ने, पीडितको ख्याल राख्न पहल गर्ने, क्षति रोकथाम निमित्तको म्यानुअल रचना या प्रशिक्षण दिने जस्ता, रोजगारी व्यवस्थापन निमित्त पहल गर्नु वाञ्छनीय हुन्छ” भनिएको छ।
साथै, “क्लाइन्टहरूले मागेको विषयवस्तुमा वैधता नभएको अवस्था” र “मागलाई यथार्थमा परिणत गरिदिने तरिका सामाजिक मूल्य-मान्यता अनुरूप अमान्य हुने अवस्था” गरी 2 वटामा वर्गीकरण गरेर, यस भित्र पर्ने अनुचित माग या सिकायतलाई सङ्गठनात्मक रूपमा व्यवस्थापन गरी, कामदारको सुरक्षा सुनिश्चितता गर्नु भन्ने आग्रह गरिएको छ।

कस्टमर ह्यारस्मेन्ट सम्बन्धी म्यानुअल/ पर्चाहरू (स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालय वेबसाइट)

उज्ज्वल कार्यस्थल सपोर्ट समूह; कस्टमर ह्यारस्मेन्ट बारे थाहा छ? (स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालय वेबसाइट)

व्याख्याता खटाउने जानकारी(श्रम ऐन / श्रम समस्या ”किमाए प्रशिक्षण” लेक्चरर परिचालन)

समस्त श्रमिकले ढुक्क भएर परिश्रम गर्न सकुन् भनेर, समस्त रोजगारदाताहरूले उचित रूपमा कार्यस्थललाई व्यवस्थापन गर्न सक्ने गरी, ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)ले, वार्षिक दस हजार भन्दा बढि श्रम परामर्शको अनुभवको आधारमा, श्रम युनियन या साना तथा मझौला उद्योगहरूले सञ्चालन गर्ने श्रम ऐन या श्रम समस्याहरू सम्बन्धी प्रशिक्षणमा, निःशुल्क लेक्चरर (श्रम परामर्शदाता) परिचालन गर्ने गरेको छ। कृपया कुनै सङ्कोच नमानि उपयोग गर्नुहोला।

दायरा1.श्रम युनियन 2.साना तथा मझौला उद्योग 3.सञ्चालकहरूको समूह / वाणिज्य-व्यापारी समूह (चेम्बर अफ कमर्स) / उद्योग समूह आदि 4. हाई-स्कूल / विश्वविद्यालय / प्राविधिक कलेज आदि (शिक्षक आदि) 5.अन्य, परियोजनाको उद्देश्यबाट हेर्दा उपयुक्त लाग्ने निकाय *दायरामा पर्ने नपर्ने बुझ्नको लागि कृपया सम्पर्क गर्नुहोला।
प्रशिक्षणको मूल शीर्षक1.श्रम करार, श्रम सर्तसँग सम्बन्धित मूल श्रम ऐनहरूको रूपरेखा तथा श्रमिक-रोजगारदाता कचिङ्गल रोकथामको लागि ध्यान दिनुपर्ने बुँदाहरू
2.श्रम युनियन, समूहगत रोजगारदाता-श्रमिक सम्बन्ध बारेको मूल श्रम ऐनहरूको रूपरेखा तथा श्रमिक-रोजगारदाताको कचिङ्गल रोकथाम सम्बन्धमा ध्यान दिनुपर्ने बुँदाहरू
3.कार्यस्थलको यौन उत्पीडन, शक्ति उत्पीडन आदिको रोकथाम सम्बन्धी आधारभूत बुझाइ र श्रमिक-रोजगारदाता बीचमा ध्यान दिनुपर्ने बुँदाहरू
*ठोस विषयवस्तु बारे बुझ्न कृपया परामर्श गर्नुहोस्।
आवेदन / सोधपुछ स्थलओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)मा सम्पर्क गर्नुहोस्।
फ्याक्सबाट सोधपुछ गर्ने अवस्थामा, सम्पर्क स्थल लेख्नुहोस्।
टेलिफोन 06-6946-2610
Fax 06-6946-2635
E-mail rodokankyo-g06@gbox.pref.osaka.lg.jp