ओसाका महानगरीय श्रम परामर्श केन्द्र हामी तपाईँको कार्यस्थलको चिन्ता, समस्या र कचिङ्गलहरू समाधान गर्न सहायता प्रदान गर्छौँ - हामी तपाईँको कार्यस्थलको चिन्ता, समस्या र कचिङ्गलहरू समाधान गर्न सहायता प्रदान गर्छौँ।

तपाईंको कार्यस्थलको चिन्ता बारे सोध्न चाहन्छौँ

श्रम परामर्श

श्रम परामर्श भन्नाले, कार्यस्थलको चिन्ता, समस्या, कचिङ्गल आदि सम्बन्धमा, समाधान लक्षित सुझाव दिने कार्य हो। ओसाका महानगरमा “तलबी बिदा पाइँन्छ पाइँदैन?” भन्ने जस्ता दुविधा, “मैले तलब पाएको छैन” “मलाई यौन उत्पीडन भइरहेको छ” जस्ता अहिले सामना गरिरहनु भएको समस्या आदि बारे, परिश्रमी तथा रोजगारदातालाई विभिन्न परामर्श सेवाहरू प्रदान गरिरहेका छौँ!

विदेशी श्रमिक महानुभाव

ओसाका महानगर श्रम परामर्श केन्द्रले दोभासे सेवा मार्फत श्रम परामर्श दिने गरेको छ।(बुकिङ आवश्यक) साथै, युक्रेनी शरणार्थी महानुभावहरूलाई श्रम परामर्श दिइरहेको छ।

हामी समग्र रूपमा सपोर्ट गर्छौ

टेलिवर्क सपोर्ट डेस्क

ओसाका महानगरीय टेलिवर्क सपोर्ट डेस्कले, उद्योग / श्रमिकको एकद्वार काउन्टरको रूपमा, टेलिवर्क सुरुवात गर्ने तथा स्थापित नहुँदासम्म, टेलिवर्क सम्बन्धी चिन्तालाई समग्र रूपमा सपोर्ट गर्छ।

सल्लाहकारले सहायता गर्नु हुनेछ

कार्यशैली सुधारको पहल गर्न सहायता

श्रम वातावरण सुधार परियोजना अन्तर्गत सल्लाहकारले यहाँहरूको कम्पनीमा प्रत्यक्ष भ्रमण गरेर*, श्रम वातावरण सुधार लक्षित सुझाव या अन्य व्यावसायिक संस्थाहरूमा निःशुल्क परिचय गराइदिने पहल गर्ने गरिन्छ। उद्योग स्वस्थ भएर, डिउटि गर्ने कर्मचारीहरू ऊर्जावान भई हरेक दिन रमाइलोसँग काम गर्न मिल्ने खालको कार्यस्थलको वातावरण कसरी सिर्जना गर्ने भनी प्रस्ताव पेस गर्नेछौँ र यहाँहरूको कम्पनीको “कार्य शैलीमा सुधार” गर्न पथप्रदर्शक बनेर सहायता गर्नेछौँ।
*प्रत्यक्ष भ्रमण अथवा टेलिफोन वा भिडियो कन्फरेन्स सिस्टम उपयोग गरिने WEB विधि चयन गर्न सकिन्छ।

स-साना कुरा भएपनि कुनै सङ्कोच नमानि टेलिफोन गर्नुहोस्!

श्रम परामर्श केन्द्रले, श्रमिक या रोजगारदाताले लिन चाहेको परामर्श सम्बन्धमा टेलिफोन, साक्षात्कार-भेट, अनलाइन तथा इमेल मार्फत सेवा प्रदान गर्ने गरेको छ।

श्रम परामर्श 06-6946-2600
सामान्य परामर्श जापानी भाषामा मात्र उपलब्ध छ।
अनुवादकसँग परामर्श गर्न यहाँ क्लिक गर्नुहोस्!!

यौन उत्पीडन / महिला परामर्श 06-6946-2601

तपाईँको चाहना अनुसार महिला परामर्शदाता पनि व्यवस्था गर्न सकिन्छ

टेलिवर्क परामर्श06-6946-2608

कार्यशैली सुधारको पहल गर्न सहायता
06-6946-2605

सोमवार~शुक्रवार
बिहान 9 बजे ~ 12:15 बजे सम्म / दिउँसो 1 बजे ~ 6 बजे सम्म
*श्रम परामर्श, यौन उत्पीडन / महिला परामर्श भने, हरेक हप्ता बिहीवार बलुकी 8 बजेसम्म

श्रम सम्बन्धी जानकारी इमेल प्रेषण सेवा

विभिन्न श्रम सम्बन्धी जानकारी समय-समयमा पठाउने इमेल म्यागजिन हो।
अवश्य पनि दर्ता गर्नुहोला!

ठेगाना

〒540-0031 
Osaka-shi Chuo-ku Kitahamahigashi 3-14 Eru Osaka Hon-kan 10F
Tel 06-6946-2600 Fax 06-6946-2635

  •  Osaka Metro तानिमाचि लाइन / खेइहान्-देन्तेचु “तेम्माबाशि स्टेशन” बाट 300m पश्चिम तर्फ
  • Osaka Metro साकाइसुजि लाइन / खेइहान्-देन्तेचु “किताहामा स्टेशन” बाट 500m पूर्व तर्फ