सधैँ रमाइलोसँग काम गर्न मिल्ने खालको कार्यस्थलको वातावरण निर्माण गर्नका लागि, तपाईंहरूले आफ्नो कम्पनीको “कार्यशैली रूपान्तरण” सम्बन्धी परामर्श लिन आएमा हामी दिनेछौँ


कार्य शैली सुधार मार्फत एक आकर्षक उद्योग निर्माण
“कार्य शैलीमा सुधार” भन्ने सुन्दा तपाईँलाई कस्तो महसुस हुन्छ? मनमा के आउँछ?
कतै गाह्रो खालको पहलकदमी, आफ्नो कम्पनीसँग केही मतलब नभएको, ठूलठूला उद्योगहरूले गर्ने कुरा, जस्तो खालको छवि परेको त छैन?
त्यसोभए, “कार्य प्रभावकारिता” “मानव संसाधनको सुनिश्चितता” “कर्मचारीको स्वास्थ्य सुदृढीकरण” “आकर्षक उद्योगको निर्माण”मा रुचि छ कि छैन?
यदि, मैले “यी चीजहरू “कार्य शैलीमा सुधार” मार्फत साकार गर्न सकिन्छ” भनेँ भने, तपाईँलाई कस्तो लाग्ला?
तर, “कार्य शैलीमा सुधार” सँग सम्बन्धित बुँदाहरू उद्योग पिच्छे फरक हुने हुँदा, त्यसको दायरा फराकिलो हुन्छ।
कार्यस्थलमा वातावरण सिर्जना गर्न सहायता गर्छौँ।
उदाहरणको लागि, कम्पनी भित्र मानव संसाधन वा मजदुरी सम्बन्धी विभाग या त्यस विशेषको इन्चार्ज नभई “कार्यशैली रूपान्तरण”को पहल गर्ने अवसर नमिलेको वा त्यस विशेषको इन्चार्ज राखेको तर सोचे अनुसार अगाडि नबढेको जस्ता केसहरू छन् कि?
त्यस्तो भए, ओसाका महानगरमा श्रम वातावरण सुधार निमित्तको सरसल्लाह दिने या अन्य त्यस विशेषको निकाय चिनाइदिने जस्ता कार्य निःशुल्क सहयोग गर्ने व्यवस्था मिलाएका छौँ।
उद्योग बलियो होस् अनि डिउटि गर्ने कर्मचारीहरू पनि ऊर्जावान भएर, सधैँ रमाइलोसँग काम गर्न मिल्ने खालको कार्यस्थलको वातावरण निर्माण गर्न प्रस्ताव राख्न चाहन्छौँ।

तपाईँलाई कतै यस्तो खालको चिन्ता त छैन? कृपया धक नमानी परामर्श गर्नुहोला
- रोजगारीका नियमावली नयाँ रचना
- रोजगारीका नियमावली संशोधन
- कार्य शैली सुधार सम्बन्धी ऐन प्रतिको व्यवहार
प्रति वर्ष 5 दिन तलवी बिदा अनिवार्य गर्ने, एउटै श्रममा एउटै पारिश्रमिक, सहायक पेसा / साइड जब आदि - बालबालिका स्याहार सुसार तथा काम बीच सन्तुलन मिलाउन सक्ने पद्धति तयार
- कल्याण कोषको पर्याप्तता
- टेलिवर्कको व्यवस्था
- अनुदान रकम उपयोग गरिएको नयाँ तहको मानव संसाधनको खोजी
महिला / जेष्ठ नागरिक / शारीरिक रूपले अशक्त व्यक्ति आदि - उद्योगको आकर्षण बढाउन, कल्याणकारी पद्धति विस्तार
- अनुदान रकम उपयोग गरेर, कर्मचारीहरूको रोजगारी कायम
- सहायक पेसा / साइड जबको स्वतन्त्रता
- कर्मचारी प्रशिक्षण / लाइसेन्स-सर्टिफिकेट प्राप्तिमा पूर्ण सहायता
- कर्मचारीलाई ओसाका महानगरको निःशुल्क श्रम परामर्श सेवाबारे गाइडिङ
पहलका केही दृष्टान्त
आर्थिक वर्ष 2020 "श्रम वातावरण सुधार परियोजना” उदाहरण सङ्ग्रह(PDF फाइल)
आर्थिक वर्ष 2021 "श्रम वातावरण सुधार परियोजना” उदाहरण सङ्ग्रह(PDF फाइल)
आर्थिक वर्ष 2022 "श्रम वातावरण सुधार परियोजना” उदाहरण सङ्ग्रह(PDF फाइल)
सोधपुछ स्थल
टेलिफोन | 06-6946-2605 |