टेलिवर्क सपोर्ट डेस्क

टेलिवर्क सपोर्ट डेस्क

टेलिवर्क सपोर्ट डेस्क

उद्योग / श्रमिकको टेलिवर्क सम्बन्धी चिन्ता निर्मूल पार्न एकद्वार काउन्टर स्वरूप सपोर्ट गर्छ

टेलिवर्क सपोर्ट डेस्क भनेको के हो?   

ओसाका महानगरीय टेलिवर्क सपोर्ट डेस्कले, उद्योग / श्रमिकको एकद्वार काउन्टर स्वरूप, टेलिवर्क सम्बन्धी चिन्ता निर्मूल पार्न सपोर्ट गर्छ।

ओसाका महानगरीय टेलिवर्क सपोर्ट डेस्कले, उद्योग / श्रमिकको एकद्वार काउन्टर स्वरूप, टेलिवर्क सम्बन्धी चिन्ता निर्मूल पार्न सपोर्ट गर्छ।
साथै, नोभेम्बर महिनालाई “टेलिवर्कको महिना” स्वरूप मनाइँन्छ। टेलिवर्क लागू गर्न / स्थापित गराउन प्रवर्द्धन गर्ने हेतुले, यस डेस्कले विभिन्न इभेन्ट-कार्यक्रम या सेमिनार, परामर्श भेलाहरू सञ्चालन गर्ने योजना बनाएको छ। विस्तृत जानकारीको लागि पृष्ठको तल्लो भागको “सम्बन्धित लिङ्कहरू” हेर्नुहोस्।

टेलिवर्क लागू गरेर स्थापित हुँदासम्म समग्र रूपमा सपोर्ट गरी, कार्यशैली सुधारसम्म पुर्याउने

कृपया पहिला टेलिफोन गर्नुहोस्!

टेलिवर्क सपोर्ट डेस्क
06-6946-2608

सोमवार ~ शुक्रवार बिहान 9 बजे ~ 12:15 बजे / दिउँसो 1 बजे ~ 6 बजे
अनलाइन परामर्श सेवा पनि सञ्चालन भइरहेको छ!
*कृपया परामर्श लिन चाहेको दिन भन्दा अघिल्लो कार्यालय खुल्ने दिनको बेलुकी 5 बजे सम्ममा आवेदन दिनुहोला।

उदाहरणको लागि यस्तो खालको चिन्ता त छैन?

टेलिवर्कको निमित्त वातावरण तयार गरौँ जस्तो लागेको छ, केही सपोर्ट पाइँन्छ त?

हरप्रकारको अनुदान पद्धति परिचय गराउँछौँ। अन्य, विशेषज्ञको परिचालन आदि बारे पनि गाइडिङ गर्छौँ।

टेलिवर्क कहिलेपनि नगरेको हुनाले केही पनि थाहा छैन। परामर्श लिन सकिन्छ?

अवश्य सकिन्छ। बुँदागत रूपमा बुझ्न सजिलो हुने गरी सुझाव दिन्छौँ। कृपया कुनै सङ्कोच नमानि परामर्श गर्नुहोला।

उद्योग सम्बन्धित व्यक्ति हुँ। श्रम मामिला व्यवस्थापन बारे विशेषज्ञले मेरो कुरा सुनिदिए हुन्थ्यो।

सामाजिक-बिमा तथा श्रम परामर्श अधिकारी मार्फत दिइने परामर्श पनि लिन सकिन्छ। समय तालिकाको समायोजन आवश्यक पर्ने भएकोले कृपया टेलिफोन गर्नुहोस्।

टेलिवर्क गरिरहेको छु तर प्रायजसो तनाव महसुस गर्ने भएकोले फिक्री लाग्छ। कसो गर्दा ठीक होला?

एक्लै चिन्तित भएर नबसी, पहिला सपोर्ट डेस्कमा टेलिफोन गर्नुहोस्।

मानसिक परामर्शको लागि, उद्योगको इन्चार्जसँग भएपनि परामर्श लिन सकिन्छ?

अवश्य सकिन्छ। जोकोही भएपनि ठीक हुन्छ। कृपया कुनै सङ्कोच नमानि परामर्श गर्नुहोला।

कृपया पहिला टेलिफोन गर्नुहोस्!

टेलिवर्क सपोर्ट डेस्क
06-6946-2608

सोमवार ~ शुक्रवार बिहान 9 बजे ~ 12:15 बजे / दिउँसो 1 बजे ~ 6 बजे
अनलाइन परामर्श सेवा पनि सञ्चालन भइरहेको छ!
*कृपया परामर्श लिन चाहेको दिन भन्दा अघिल्लो कार्यालय खुल्ने दिनको बेलुकी 5 बजे सम्ममा आवेदन दिनुहोला।

सेमिनार जानकारी

सम्बन्धित लिङ्क

टेलिवर्क सकल पोर्टल साइट (बाह्य वेबसाइट)

नोबेल कोरोना भाइरस सङ्क्रामक रोग सम्बन्धी मनोस्वास्थ्य हेरचाह SNS (सामाजिक सञ्जाल साइट) परामर्श

LINE आधिकारिक अकाउन्टको नाम: Osaka-fu Kokoro-no Hotline Singata Corona Senyou (ओसाका महानगरीय मनोस्वास्थ्य हटलाइन, नोबेल कोरोना विशेष)
LINEID:@795hcgwy
साथी दर्ता गर्ने URL:https://lin.ee/OrjecKvA

कार्यस्थलको चिन्ता बारे परामर्श (ओसाका महानगरीय श्रम परामर्श केन्द्रको वेबसाइट)

टेलिवर्क महिना (बाह्य वेबसाइट)