श्रम परामर्श

श्रम परामर्श

श्रम परामर्श

श्रम परामर्श भन्नाले, कार्यस्थलको चिन्ता, समस्या, कचिङ्गल आदि समाधान गर्न सुझाव दिने कार्य हो।

श्रमिकहरूको लागि
  • आरुबाइतो काम गर्नेले पनि तलवी बिदा पाउँछन् त?
  • उत्पीडन भोग्न परेको बेला, त्यसको सामना कसरी गर्दा ठीक होला?
  • तलब नपाएको बेला कसलाई भन्दा ठीक होला?
  • यौन उत्पीडनमा परेर समस्या भोगिरहेको छु! आदि…
रोजगारदाताहरूको लागि
  • काम नगर्ने र खराब मनोवृत्ति हुने कर्मचारीलाई बरखास्त गर्न चाहन्छु तर…
  • रोजगारीका नियमावली निर्माण गर्ने क्रममा, थाहा नभएका कुराहरू छन् तर…
  • श्रम युनियनले सामूहिक सौदाबाजी माग गरेको बेलामा ख्याल गर्न पर्ने कुरा केही छ?
  • नोबेल कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्नको लागि कर्मचारीलाई काममा बिश्राम-बिदा दिन चाहन्छु, आदि …

परामर्श काउन्टर

परामर्श काउन्टरश्रम परामर्श केन्द्र
Osaka-shi Chuo-ku Ishimachi 2-5-3 Eru Osaka Minami-kan 3F
06-6946-2600श्रम परामर्श
06-6946-2601यौन उत्पीडन / महिला परामर्श
06-6946-2608टेलिवर्क परामर्श
दैनिक परामर्श सोमवार देखि शुक्रवार
बिहान 9 बजे देखि ~ 12:15 बजे
दिउँसो 1 बजे देखि 6 बजे
रात्रि परामर्श हरेक हप्ता बिहीवार (सार्वजनिक बिदा परेको अवस्थामा भोलिपल्ट शुक्रवार) बेलुकी 8 बजे सम्म
वकिल / सामाजिक-बिमा तथा श्रम परामर्श अधिकारीबाट दिइने परामर्शवकिल / सामाजिक-बिमा तथा श्रम परामर्श अधिकारीबाट दिइने परामर्शको लागि, पहिले नै परामर्शदातासँग परामर्श लिइ सकेको हुनुपर्छ। (अग्रिम बुकिङ्ग)

अनलाइन श्रम परामर्श

तपाईँसँग भएको स्मार्टफोन या ट्याब्लेट, कम्प्युटर आदि प्रयोग गरेर,बुकिङ्ग गर्ने देखि परामर्श लिनेसम्म, सबै अनलाइनबाट गर्न सकिन्छ।

परामर्श दिइने समयसोमवार देखि शुक्रवार; 10 बजे देखि 12 बजे / 13:30 बजे देखि 17:30 बजे सम्म (दिनको 6 कोटा, हरेकलाई 45 मिनेट)
दायराश्रम परामर्श तथा टेलिवर्क सम्बन्धी सामान्य परामर्श
(वकिल, सामाजिक-बिमा तथा श्रम परामर्श अधिकारीले दिने परामर्श तथा मानसिक स्वास्थ्य विशेष परामर्श भने अनलाइन श्रम परामर्शको दायरामा पर्दैन)

बुकिङ्गको लागि यताबाट

“अनलाइन श्रम परामर्श“ बुकिङ्ग सिस्टम (बाह्य वेबसाइट)

*कृपया परामर्श लिन चाहेको दिन भन्दा अघिल्लो कार्यालय खुल्ने दिनको बेलुकी 5 बजे सम्ममा आवेदन दिनुहोला।
*बुकिङ्ग गरेपछि, परामर्श लिन चाहेको दिनको अघिल्लो दिन सम्ममा, इमेल मार्फत त्यस दिनको वेबसाइटको लिङ्क आदि जस्ता विवरणहरू सूचित गरिने छ।
*परामर्श सुरु गर्नुपर्ने टाइमबाट 15 मिनेट बितेपछि पनि मिटिङ-रूममा प्रवेश नभएको अवस्थामा, त्यस परामर्श रद्द गरिने अवस्था हुनसक्छ।

“अनलाइन श्रम परामर्श“ सञ्चालन नीतिको लागि यता
*परामर्श बुकिङ्ग गर्नु अघि यो एक पटक पढ्नुहोला।
“अनलाइन श्रम परामर्श“ सञ्चालन नीति [Word फाइल]  [PDF फाइल]

इमेलबाट गरिने श्रम परामर्श बारे

इमेलबाट गरिने परामर्शमा, कानुनको अर्थ आदि जस्ता सामान्य व्याख्याको बुँदाहरू दर्साइएको हुन्छ।
अझै व्यक्तिगत तथा ठोस रूपमा परामर्श चाहनु हुन्छ भने, टेलिफोन अथवा साक्षात्कार-भेटको परामर्श सेवा उपयोग गर्नुहोस्।

ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)को इमेल एड्रेस

rodokankyo-g06@gbox.pref.osaka.lg.jp

इमेल रिजेक्ट सेटिङ वा इमेल एड्रेस फरक पर्ने आदि भएर, यस केन्द्रको जबाफी इमेल परामर्श लिन चाहेको व्यक्तिसम्म आइनपुग्न सक्छ।
7 दिन (वर्षान्त र नववर्षको बिदा, शनि, आइत, सार्वजनिक बिदा बाहेक) बितेपछि पनि जबाफी इमेल नआएको अवस्थामा, इमेल रिजेक्ट सेटिङ चेक गरेर पुनः इमेल पठाउने हो वा टेलिफोन मार्फत सम्पर्क गर्ने गर्नुहोस्। (जबाफ कम्प्युटरबाट पठाइने छ। कम्प्युटरबाट आउने इमेल रिजेक्ट गर्ने सेटिङ गरिएको रहेछ भने कृपया त्यसलाई हटाउन हुन अनुरोध छ। )

व्यक्तिगत श्रमिक-रोजगारदाता बीचको विवाद समाधान सहायता पद्धतिको जानकारी

ओसाका महानगरमा, ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र) र ओसाका महानगरीय श्रम समितिसँग सम्बद्धन गरी, व्यक्तिगत श्रमिक-रोजगारदाता बीचको विवाद समाधान सहायता गर्ने गरेका छौँ।

रोजगारीको स्वरूपलाई विविधीकरण गर्ने गरिएको अहिलेको अवस्थामा, ओसाका महानगरमा, व्यक्तिगत श्रमिक-रोजगारदाता बीचको विवाद (श्रम सर्त या अन्य श्रम सम्बन्धी बुँदाहरू बारे श्रमिक र रोजगारदाता बीचको विवाद) बारे जानकारी प्रदान गर्ने, परामर्श दिने गर्नुका साथै, “समायोजन” “मध्यस्थता” पद्धति स्थापना गरी, विवादको वास्तविक स्थिति अनुकूल हुने गरी शीघ्र र उपयुक्त समाधानको बाटो पहिल्याउन सहायता गर्ने गरिन्छ।
कृपया कुनै सङ्कोच नमानि ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)मा परामर्श गर्नुहोस्। गोपनीयताको पालना हुन्छ र कुनै शुल्क लाग्दैन

“समायोजन” “मध्यस्थता” भन्नाले

विवादमा रहेका सरोकारवालाहरू हरेक श्रमिक र रोजगारदाताको बीचमा पसेर, सरोकारवाला दुबै पक्षको परिस्थिति सुनेर, समस्याका बुँदाहरू व्यवस्थित गरी, समायोजन प्रस्तावना या मध्यस्थता प्रस्तावना पेस गर्ने आदि गरेर, सरोकारवाला दुबै पक्षको समझदारीमा, तथ्यपरक हुने गरी विवाद समाधानगर्ने कार्य हो।
・ “समायोजन”… ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)को “समायोजनकर्मी” (स्टाफ) ले कार्यान्वयन गर्नु हुनेछ।
・ “मध्यस्थता”… ओसाका महानगरीय श्रम समितिको “मध्यस्थकर्मी”ले कार्यान्वयन गर्नु हुनेछ।
◎”मध्यस्थता”लाई, “समायोजन” मार्फत समाधान गर्न नसकिने भनी अनुमान गर्न सकिने अवस्था या अन्य आवश्यकता परेको अवस्थामा मात्र कार्यान्वयनमा ल्याइँन्छ।

“समायोजन” “मध्यस्थता”को दायरा

दायरामा पर्ने मुद्दाहरूश्रम परामर्श केन्द्रमा श्रम परामर्श लिन आएका व्यक्तिगत श्रमिक-रोजगारदाता बीचको विवादित मुद्दाहरू मध्ये, उक्त विवादका सरोकारवालाहरूले स्वैच्छिक रूपमा समाधानको प्रयासका गर्दापनि समाधान गर्न कठिन मुद्दाहरू
दायरामा पर्ने व्यक्तिहरूओसाका महानगर भित्र अवस्थित उद्यमस्थलका श्रमिक तथा रोजगारदाता
1.यो प्रशासनले निष्पक्षता तथा तटस्थको धरातलमा बसेर विवाद निब्ट्याउन सहायता गर्ने पद्धति हो। कुनै एक सरोकारवालाको दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने, मार्गदर्शन वा सुपरिवेक्षणको अधिकार लिएर कार्य गर्ने पद्धति होइन।
2.यस पद्धति उपयोग गर्नको लागि, अग्रिम रूपमा श्रम परामर्श लिएको हुनुपर्ने भएकोले सिद्धान्ततः परामर्श लिने व्यक्ति आफैँले निश्चित पहल (अर्को पक्षसँग कुरा गर्ने आदि) गर्दा पनि सरोकारवालाहरू बीचको विवाद समाधान गर्न कठिन देखिएको अवस्थामा मात्र कार्यान्वयन आउँछ।
◎ निम्न अवस्थामा दायरामा पर्दैन।
・ श्रम सर्त या अन्य श्रम मामिलाहरू सम्बन्धी विवाद अन्तर्गत नपर्ने मुद्दाहरू या श्रम युनियन र रोजगारदाता बीचको सामूहिक विवाद
・ श्रम सम्बन्धी व्यक्तिगत विवादको समाधानको प्रवर्धन सम्बन्धी ऐन अनुसार “मध्यस्थता” कार्यान्वयनमा आएको श्रमिक-रोजगारदाता बीचको विवाद
・ अदालतबाट फैसला भएको वा श्रम न्यायिक इजलासले अन्तिम निरूपण गरेको, अथवा देवानी मिलापत्र वा श्रम न्यायिक इजलास प्रक्रिया मार्फत भएको मिलापत्र वा न्यायिक मेलमिलाप स्थापित भएको विवाद
・ आवेदन दिएको विषयवस्तु “समायोजन” अथवा “मध्यस्थता”को दायरामा पार्न उपयुक्त नमानिने विवादहरू

आवेदन दिने तरिका

कृपया ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)मा तयार राखिएको आवेदन फारम (व्यक्तिगत श्रमिक-रोजगारदाता बीचको विवाद निब्ट्याउने आवेदन पत्र) मा आवश्यक बुँदा उल्लेख गर्नुहोस्।  

विदेशी भाषा को दोभासे मार्फत दिइने श्रम परामर्श

[आवश्यकता अनुसार सधैँ] दोभासे मार्फत विदेशी भाषामा दिइने श्रम परामर्श
(परामर्श समय 120 मिनेट। केन्द्रमा आएर, अनलाइन मार्फत गर्ने। बुकिङ्ग आवश्यक पर्नेd)

अङ्ग्रेजी भाषामा दिइने परामर्श

Labor Consulting Available in English [Word फाइल/101KB] [PDF फाइल/68KB]

चिनियाँ भाषामा दिइने परामर्श

可以用中国語進行労働問題諮詢  [Word फाइल/95KB] [PDF फाइल/122KB]

भियतनामी भाषामा दिइने परामर्श

TƯ VẤN LAO ĐỘNG [Word फाइल/14KB] [PDF फाइल/44KB]

[समय-समयमा] दोभासे मार्फत विदेशी भाषामा दिइने श्रम परामर्श
(हरेक महिनाको पहिलो / तेस्रो सोमवार दिइने। परामर्श समय 45 मिनेट। अनलाइन / केन्द्रमा आएर / टेलिफोन मार्फत पनि दिइने। बुकिङ्ग आवश्यक)

सोधपुछ, ओसाका महानगरीय विदेशी नागरिक जानकारी कर्नरमा

विदेशी भाषाको वर्किङ-रूल पुस्तिकाको लागि यता

अङ्ग्रेजी भाषा  चिनियाँ भाषा  कोरियाली भाषा  युक्रेनी भाषाको  रूसी भाषा  भियतनामी भाषा  इन्डोनेसियली भाषा  नेपाली भाषा  पोर्चुगिज भाषा  सरल जापानी भाषा 

कार्यस्थलको उत्पीडन बारे

कार्यस्थलको उत्पीडन बारे यता

कार्यस्थलको उत्पीडन बारे [PDF फाइल/810KB]

उपयोगी जानकारी गाइडिङको लागि यता

उपयोगी जानकारी सम्बन्धी गाइडान्स (पुस्तिका / व्याख्यात्मक डेटा)

कार्यस्थलमा हुने मानसिक स्वास्थ्य विशेष परामर्श

कार्यस्थलमा, लामो समय श्रम, व्यक्तिगत सम्बन्ध, कामको विषयवस्तु या सरुवा आदिले तनाव उत्पन्न भएर मानसिक स्वास्थ्य”को सन्तुलन बिग्रन सक्छ। एक्लै चिन्तित भएर नबसी सहज रूपमा “कार्यस्थलमा हुने मानसिक स्वास्थ्य विशेष परामर्श” उपयोग गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी विशेषाज्ञिक ज्ञान या अनुभव भएका चिकित्सक, क्लिनिकल साइकोलोजिस्ट तथा औद्योगिक काउन्सिलरले मानसिक स्वास्थ्यमा फिक्री लागिरहेका श्रमिकलाई अनि श्रमिकको मानसिक स्वास्थ्य बरकरार राख्ने पहल गरिरहेका रोजगारदातालाई तथा मानव संसाधन एवम् श्रम मामिला इन्चार्जलाई दायरामा पारी परामर्श दिने गर्छ।

परामर्श काउन्टर अवस्थित ठेगाना/टेलिफोन नम्बरउपयोग गर्ने मिति र समय 
ओसाका महानगरीय श्रम वातावरण फाँट
(श्रम परामर्श केन्द्र)
Osaka-shi Chuo-ku Ishimachi 2-5-3 Eru Osaka Minami-kan 3F
Tel 06-6946-2600
पहिलो / दोस्रो / तेस्रो / चौथो मङ्गलवार : दिउँसो 2 बजे देखि 5 बजे
पहिलो मङ्गलवार : दिउँसो 2 बजे देखि 5 बजे
*परामर्श समय 45 मिनेट
*सार्वजनिक बिदाको दिन बाहेक
*बुकिङ्ग आवश्यक

श्रम ऐन / श्रम समस्या ”किमाए प्रशिक्षण” लेक्चरर परिचालन

समस्त श्रमिकले ढुक्क भएर परिश्रम गर्न सकुन् भनेर, समस्त रोजगारदाताहरूले उचित रूपमा कार्यस्थललाई व्यवस्थापन गर्न सक्ने गरी, ओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)ले, वार्षिक दस हजार भन्दा बढि श्रम परामर्शको अनुभवको आधारमा, श्रम युनियन या साना तथा मझौला उद्योगहरूले सञ्चालन गर्ने श्रम ऐन या श्रम समस्याहरू सम्बन्धी प्रशिक्षणमा, निःशुल्क लेक्चरर (श्रम परामर्शदाता) परिचालन गर्ने गरेको छ। कृपया कुनै सङ्कोच नमानि उपयोग गर्नुहोला।

दायरा1.श्रम युनियन 2.साना तथा मझौला उद्योग 3.सञ्चालकहरूको समूह / वाणिज्य-व्यापारी समूह (चेम्बर अफ कमर्स) / उद्योग समूह आदि 4. हाई-स्कूल / विश्वविद्यालय / प्राविधिक कलेज आदि (शिक्षक आदि) 5.अन्य, परियोजनाको उद्देश्यबाट हेर्दा उपयुक्त लाग्ने निकाय *दायरामा पर्ने नपर्ने बुझ्नको लागि कृपया सम्पर्क गर्नुहोला।
प्रशिक्षणको मूल शीर्षक1.श्रम करार, श्रम सर्तसँग सम्बन्धित मूल श्रम ऐनहरूको रूपरेखा तथा श्रमिक-रोजगारदाता कचिङ्गल रोकथामको लागि ध्यान दिनुपर्ने बुँदाहरू
2.श्रम युनियन, समूहगत रोजगारदाता-श्रमिक सम्बन्ध बारेको मूल श्रम ऐनहरूको रूपरेखा तथा श्रमिक-रोजगारदाताको कचिङ्गल रोकथाम सम्बन्धमा ध्यान दिनुपर्ने बुँदाहरू
3.कार्यस्थलको यौन उत्पीडन, शक्ति उत्पीडन आदिको रोकथाम सम्बन्धी आधारभूत बुझाइ र श्रमिक-रोजगारदाता बीचमा ध्यान दिनुपर्ने बुँदाहरू
*ठोस विषयवस्तु बारे बुझ्न कृपया परामर्श गर्नुहोस्।
आवेदन / सोधपुछ स्थलओसाका महानगरीय श्रम वातावरण फाँट (श्रम परामर्श केन्द्र)मा सम्पर्क गर्नुहोस्।
फ्याक्सबाट सोधपुछ गर्ने अवस्थामा, सम्पर्क स्थल लेख्नुहोस्।
टेलिफोन 06-6946-2610
Fax 06-6946-2635
E-mail rodokankyo-g06@gbox.pref.osaka.lg.jp