अक्टोबर 2 तारिख (सोमबार)देखि AI आधारित श्रम परामर्श च्याट-बोट स्टार्ट! र वेबसाइट समेत रिन्यूअल गरेर नयाँ!

यसपटक, अक्टोबर 2 तारिखबाट, अहिले सम्मको टेलिफोन परामर्शसँगै, च्याट-बोट मार्फतको परामर्श समेत सुरु गरिएको छ। यसका साथै, ओसाका महानगरीय श्रम परामर्श केन्द्रको वेबसाइटलाई बहुभाषामा सेवा प्रदान गर्न सक्ने गरी रिन्यूअल गरेको व्यहोरा सूचित गरिन्छ।
यसबाट, 24 अै घण्टा 365 नै दिन, 6 भाषामा श्रम परामर्श लिन सकिने हुन्छ। कार्यस्थलको चिन्ता या समस्याहरू, च्याट-बोट उपयोग गरी अवश्यपनि बिनासङ्कोच परामर्श गर्नुहोला।

*च्याट-बोट भन्नाले…च्याट + रोबोट मिलेर बनेको शब्द हो जसको मतलब, AI (यन्त्रको बुद्दि = कृतिम बुद्दिमता) उपयोग गरेर रोबटले स्वचालित रूपमा दुईतर्फी कुरा रूपी संवाद गर्ने औजार हुन जान्छ।

[रूपरेखा]

1.सेवा उपलब्ध भाषा
6 भाषा (जापानी, अङ्ग्रेजी, चिनियाँ, भियतनामी, इन्डोनेशियाली, नेपाली भाषाहरू)
2.उपयोग विधि
ओसाका महानगरीय श्रम परामर्श केन्द्रको वेबसाइट (https://rsc-osaka.jp/) मा गएर, टप पेजको दायाँ तलपट्टि रहेको च्याट-बोटकोको आइकन थिच्ने हो अथवा निम्न URL अथवा QR कोड मार्फत एक्सेस गर्न सकिने छ।


*जापानी बाहेको भाषामा उपयोग गर्नुहुन्छ भने, वेबसाइटको भाषा सेटिङ्बाट आफ्नो भाषामा सेट गरेर उपयोग गर्नुहोला।

(URL):https://embed.chatbot.digital.ricoh.com/shokorodo/app/index.html