अर्थ सेइयाकु (Earth Pharmaceutical) सँगको सहकार्यमा हामीले ओसाका महानगरीय श्रम परामर्श केन्द्रको लागि (अंग्रेजी उपशीर्षकसहित) एउटा विज्ञापन भिडियो बनाएका छौं!
ओसाका महानगरीय श्रम परामर्श केन्द्र एउटा यस्तो परामर्श काउन्टर हो, जसमा हामीले ओसाका-फू भित्रका कामदारहरू र व्यापारीहरूसँग काम गर्ने ठाउँको चिन्ता वा समस्याको बारेमा कुराकानी गरेर त्यसको लागि सल्लाह दिने अर्छौँ। विदेशी नागरिकहरूले पनि परामर्श लिन सक्नुहुन्छ।
ओसाका महानगरीय श्रम परामर्श केन्द्रको बारेमा अझ धेरै विदेशी नागरिकहरूलाई थाह होस् भनेर हामीले अर्थ सेइयाकु (Earth Pharmaceutical) सँगको सहकार्यमा अंग्रेजी उपशीर्षकसहितको एउटा विज्ञापन भिडियो बनाएका छौं।
यस भिडियोमा अर्थ सेइयाकु (Earth Pharmaceutical) कम्पनीको आधिकारिक मास्कट “मुच्युउ काओरी-सान(*)”ले काम गर्ने ठाउँमा समस्या भोगिरहेको आफ्नो साथीलाई हाम्रो केन्द्रले प्रदान गर्ने सेवाको बारेमा सजिलो तरिकामा बुझाउँछन्,। कृपया हेर्नुहोस्।
[*मुच्युउ काओरी-सान]
यो अर्थ सेइयाकु (Earth Pharmaceutical) कम्पनीको मास्कट, जुन कीटनाशक र कीरा भगाउने औषधिहरूको बारेमा अझ धेरै परिचित गराउनको लागि बनाइएको हो। त्यसको YouTube च्यानलमा कम्पनीमा धेरै अनुभव हुने कुराहरूलाई ध्यान दिँदै विभिन्न छोटो एनिमेसन प्रसारण गरिरहेको छ।