विदेशी श्रमिक महानुभाव

विदेशी श्रमिक महानुभाव

विदेशी श्रमिक महानुभाव

विदेशी भाषा को दोभासे मार्फत दिइने श्रम परामर्श

विदेशी नागरिकहरूले भोग्ने समस्यहरूबारे सल्लाह दिनका लागि दोभासेमार्फत श्रम सम्बन्धी परामर्श सेवा सञ्चालन भइरहेको छ।

यस सेवा निम्न भाषाहरूमा उपलब्ध छ।

अंग्रेजी, चिनियाँ, भियतनामी, इन्डोनेसियाली, नेपाली, कोरियाली, पोर्चुगिज, स्पेनिश, थाई, फिलिपिनो, बर्मेली

परामर्श लिने तरिका

१. फोनमार्फत परामर्श (एक पटकको ४५ मिनेट) ※बुकिङ आवश्यक छैन।
फोन नम्बर (०६-६९४६-२६००)

२. आमने सामने परामर्श ※बुकिङ आवश्यक छैन।
आमने सामने परामर्श हुने स्थान: ओसाका-सी, चुओ-कु, किताहामा-हिगाशी ३-१४, एल-ओसाका मुख्य भवनको १०औं तल्ला नक्सा(googlemap)
सिधै roudou-soudan center(श्रम सम्बन्धी परामर्श सेन्टर)मा आउनुहोस्।

३ अनलाइन परामर्श (एक पटकको ४५ मिनेट) ※पहिल्यै बुकिङ गर्नुहोस्।
अनलाइन परामर्शको बारेमा यता हेर्नुहोस्।

परामर्श लिन सकिने दिनहरू

सोमबार देखि शुक्रबार सम्म
बिहान ९:०० देखि दिउँसो १२:१५ सम्म, दिउँसो १:०० देखि साँझ ६:०० सम्म
※सार्वजनिक बिदा तथा वर्षको अन्त्य र नयाँ वर्षको बिदा(डिसेम्बर २८ देखि जनवरी ३ सम्म)मा सेवा उपलब्ध हुनेछैन।

विदेशी भाषाको वर्किङ-रूल पुस्तिकाको लागि यता

अङ्ग्रेजी भाषा  चिनियाँ भाषा  कोरियाली भाषा  युक्रेनी भाषाको  रूसी भाषा  भियतनामी भाषा  इन्डोनेसियली भाषा  नेपाली भाषा  पोर्चुगिज भाषा थाई भाषा फिलिपिनी भाषा  स्पेनी भाषा  सरल जापानी भाषा 

युक्रेनी शरणार्थीहरूको रोजगारी सम्बन्धी सहायता

श्रम परामर्श

युक्रेनी भाषाको लागि यता! Тут українською мовою

ओसाका महानगरीय श्रम परामर्श केन्द्रमा, जापानमा परिश्रम गर्न इच्छा गर्ने युक्रेनी शरणार्थीहरूको लागि,श्रम परामर्श दिने गरेको छ।
साथै, जापानको वर्किङ रूल पुस्तिकालाई सजिलो जापानी भाषा, अङ्ग्रेजी भाषा, युक्रेनी भाषा, रूसी भाषामा रचना गरिएको छ।


रोजगारी सहायता

опомога у працевлаштуванні українським біженцям
युक्रेनी शरणार्थीको रोजगारी सहायता बारेमा/ ओसाका महानगर (Osaka-fu) वेबसाइट

पहिला फोन गर्नुहोस्! 

परामर्श काउन्टर

06-6946-2600