[सार्वजनिक-निजी सम्बद्धन] Earth Corporationसँग सम्बद्धन गरी, ओसाका महानगरीय श्रम परामर्श केन्द्रको PR भिडियो बनाएका छौँ!

ओसाका महानगरीय श्रम परामर्श केन्द्रमा, यस महानगरमा काम गर्ने मानिसहरू या उद्यमीहरूबाट कार्यस्थलको चिन्ता, समस्या, कचिङ्गल आदि बारे परामर्शको अनुरोध आउँदा, समाधान लक्षित सुझाव दिने कार्य गरिरहेका छौँ।
यस पटक, ओसाका महानगरीय श्रम परामर्श केन्द्रलाई अझ धेरै मानिसहरू माझ चिनाउनुका साथै यस महानगर भित्र रहेका उद्यमस्थलहरूको श्रम वातावरण सुधार गर्ने उद्देश्यले, Earth Corporation(*1) सँग सम्बद्धन गरी, ओसाका महानगरीय श्रम परामर्श केन्द्रको PR भिडियो तयार गरेको हुनाले सूचित गराउन चाहन्छौँ।
Earth Corporationको आधिकारिक क्यारेक्टर रहेको “मुमुसि खाओरिसान्(*2)”ले, साथीहरू भोग्नु परिरहेको कार्यस्थलको चिन्तालाई अझ नजिकबाट नियाल्दै, केन्द्रले सञ्चालन गरेको परियोजनाको विषयवस्तु बारे बुझ्न सजिलो हुने परिचयात्मक भिडियो बनेको हुनाले, अवश्यपनि हेर्नुहोला।

[भिडियोको रूपरेखा]

1. सार्वजनिक मिति: सन् 2023 अप्रिल 10 तारिख (सोम)
2.भडियोको उद्देश्य: ओसाका महानगरीय श्रम परामर्श केन्द्रले सञ्चालन गरेको परियोजनाको विषयवस्तुको PR गर्ने तथा महानगर भित्र रहेका उद्यमस्थलहरूको श्रम वातावरणको सुधार
3.सार्वजनिक गरिने स्थान: आधिकारिक YouTube “@muchu-kaorisan”हरूमा
4.अन्य: भविष्यमा, ओसाका महानगरीय श्रम परामर्श केन्द्रले आयोजना गर्ने ज्ञानवर्धक इभेन्ट-कार्यक्रमहरू मार्फत प्रसारण गर्ने योजना रहेको छ।

[पहिलो साझेदारी] ओसाका महानगरीय श्रम परामर्श केन्द्र × @muchu-kaorisan ”नानिवाको कार्यस्थलको चिन्ता Good Bye Bye!” एक्लै चिन्तित नभई परामर्श लिए मात्र पुग्छ। – YouTube

[*1: Earth Corporation]
Earth Corporationले सन् 2022 नोभेम्बर 28 तारिखमा ओसाका महानगरसँग बृहत् सम्बद्धात्मक सम्झौता गरेको छ।
[*2: @muchu-kaorisan (मुच्यु खाओरिसान्)]
“किरा नियन्त्रण निमित्तको वस्तु”मा अझै आफ्नोपना थप्नको लागि जन्मिएको Earth Corporationको पात्र।
YouTube च्यानेल मार्फत “会社あるある(कम्पनी छ छ)” मूलविषयमा विभिन्न छोटो एनिमेसन प्रसारण गरिरहेका छौँ।
<प्रोफाइल>
जुन 4 तारिखमा जन्म। सोख चाहिँ कपाल मिलाउने। मूड अनुसार फेसनको प्रवृत्ति पनि परिवर्तन हुन्छ।
न्यायिक भावना अलिकति कडा भएको, प्रायः तनाव लिइ राख्ने। थेगो चाहिँ “खराब किराहरू नजिक आउन दिँदैन”
[सोधपुछ स्थल]
वाणिज्य-व्यापार तथा श्रम महाशाखा, रोजगारी प्रवर्द्धन कक्ष, श्रम वातावरण फाँट परामर्श समूह
टेलिफोन नम्बर:06-6946-2600