आर्थिक वर्ष 2025 विदेशी श्रमिक लक्षित सेमिनार “जापानी बिजनेस म्यानर तथा कम्युनिकेसन” को आयोजना गरिने छ !

यो सेमिनारमा जापान तथा आफ्नो जन्म देशको सांस्कृतिक भिन्नता पहिल्याउँदै खुसी मन बनाएर काम गर्नका लागि, जापानको श्रम ऐन तथा कार्यस्थलमा गरिने संवाद बारे, सरल जापानी भाषामा परिचय गराइने छ।
सेमिनार सक्किएपछि YOLO JAPAN CORPORATION द्वारा “विदेशीको निमित्त भोजन कार्यक्रम” अन्तर्गत एउटा छोटो परामर्श भेला राखिएको छ।
अवश्य पनि आउनुहोला।

सेमिनारको विस्तृत विवरण

जापानी बिजनेस म्यानर तथा कम्युनिकेसन

मिति तथा समय

सन् 2025 नोभेम्बर 28 तारिख (शुक्रबार) अपराह्ण 4 बजेदेखि साँझ 5:30 बजेसम्म

आयोजना विधि तथा आयोजना स्थल

आयोजना स्थल तथा अनलाइनमा एकै समयमा सुरु
*हेर्न नपाउनेको लागि केही सीमित समयावधिभर रेकर्ड सामाग्री प्रसारण गरिनेछ।
आयोजना स्थल:YOLO BASE (Osaka-shi Naniwaku Ebisu-nishi 3-13-24)
*अनलाइन Zoom मा गर्ने योजना छ

आवेदन विधि

तलको लिङ्कबाट आवेदन दिनुहोस्। अथवा पर्चामा भएको QR कोडबाट आवेदन दिनुहोस्।
★आवेदन फर्म

सहभागी हुन पाउनेको दायरा

・ जापानमा काम गरिराखेका विदेशी नागरिक
・ अबबाट काम गरौँ भन्ने ठानि राखेका विदेशी नागरिक
・ प्रवासी विद्यार्थी
・ चासो राख्ने महानुभाव

कोटा सङ्ख्या

आयोजना स्थलमा 50 जना (पहिला आवेदन आएको क्रममा)
अनलाइनमा कुनै सीमा हुन्न

सहभागिता शुल्क

निःशुल्क

भाषा

सरल जापानी भाषा

विवरण

जापानी बिजनेस म्यानर एवम् लामो समयसम्म कामलाई कसरी निरन्तरता दिने भनेर ट्रिक सिकाइने छ।
वक्ता लेक्चरर: सामाजिक सुरक्षा तथा श्रम मामिला विज्ञ, YOLO JAPAN CORPORATION

YOLO JAPAN CORPORATION ले “विदेशीको निमित्त भोजन कार्यक्रम” अन्तर्गत एउटा छोटो परामर्श भेला चलाउने छ।
काम गर्दा आइपर्ने दुबिधा या अप्ठ्याराहरू बारेमा अवश्यपनि धक नमानी परामर्श गर्नुहोला।

विदेशीको निमित्त भोजन कार्यक्रमको विस्तृत विवरणको लागि यता वेबसाइट हेर्नुहोला ! (YOLO JAPAN को वेबसाइट)

प्रमुख आयोजक/ सह-आयोजक बारेमा

प्रमुख आयोजक: ओसाका महानगर
सह-आयोजक: YOLO JAPAN CORPORATION

आयोजना मिति

2025年11月28日 (शुक्रवार)

समय

16:00 - 17:30

स्थान

YOLO BASE (Osaka-shi Naniwaku Ebisu-nishi 3-13-24)
*अनलाइन Zoom मा गर्ने योजना छ

आवेदन स्थल

आवेदन समयावधि

2025/10/20 - 2025/11/21

सोधपुछ स्थल

उद्योग वाणिज्य तथा श्रम विभाग, रोजगारी प्रवर्धन कक्ष, श्रम वातावरण फाँट
श्रम वातावरण प्रवर्धन समूह